Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन: शंकर पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 798
    SHARES

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनभावना विपरीतका अभिव्यक्तिले पार्टीको रक्षा हुन नसक्ने बताएका छन्। उनले पार्टीको आधार नै जनता भएकाले जनसम्बन्ध सुदृढ गर्नु नै प्रमुख दायित्व भएकोमा जोड दिएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पोखरेलले जनभावनाको सम्मान गर्दै संगठनलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

उनले लेखेका छन्, “जनभावना विपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौं, किनकि जनता नै इतिहासका निर्माता हुन्।”

पछिल्ला दिनमा नेकपा एमालेभित्र पार्टी पुनर्गठन, नेतृत्व शैली र आन्तरिक संरचनाबारे विभिन्न तहमा बहस र असन्तुष्टि देखिन थालेको छ। यही सन्दर्भमा नेताहरूबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलको यो अभिव्यक्तिलाई पार्टी पंक्तिलाई संयमित र एकताबद्ध रहन गरिएको संकेतका रूपमा हेरिएको छ।

पार्टीभित्र केही नेताहरूले सार्वजनिक रूपमा आन्तरिक विषयमा टिप्पणी गर्न थालेपछि नेतृत्व तहले संयमित अभिव्यक्ति र संगठनात्मक एकता मजबुत बनाउनुपर्ने आवश्यकता दोहोर्‍याउँदै आएको छ।

विश्लेषकहरूका अनुसार एमालेभित्र देखिएको पछिल्लो बहसले आगामी राजनीतिक रणनीति र आन्तरिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४