Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै बेइजिङ पुगे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 798
    SHARES

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै चीनको चार दिने भ्रमणका लागि बेइजिङ पुग्नुभएकाे छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल शनिबार राति नै चीन प्रस्थान गर्नुभएकाे हाे। बेइजिङस्थित नेपाली दूतावासले उहाँ आइतबार बिहान बेइजिङ पुगेकाे जनाएकाे छ। बेइजिङस्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आइतबारै साँझ एक स्वागत समारोह आयोजना गर्ने भएकाे छ । समारोहमा उहाँले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने दूतावासले जनाएको हाे ।

चीनमा रहँदा परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने भएकाे छ । साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका समेत रहेकाे परराष्ट्रमन्त्रालयले जनाएकाे हाे ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम तय गरिएकाे छ । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेकाे परराष्ट्रमन्त्रालयले जनाएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४