Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ३० २०८३
  • 950
    SHARES

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन सुरु गरेको भित्तेचित्र अभियानले सहरको रूप बदलिँदै गएको छ ।

धुलो, मैलो र जथाभावी फोहरको चपेटामा परेका कङ्क्रिटका फुस्रा पर्खालमा भित्तेचित्रले सहरको सौन्दर्यमा एउटा नयाँ र उमङ्गमय रङ थपिदिएको छ ।

उपमहानगरपालिकाको यस पहललाई ‘क्रियटिभ आर्ट’ समूहका स्थानीय कलाकारहरूले आफ्नो सिर्जना र पसिनाले मूर्तरूप दिइरहेका छन् ।

कलाकारहरू गणेश श्रीष, सामथ्र्य थापा, तारा गुरुङ, टेकराज नेपाली, प्रेम विक र मायाराम रैदासलगायतको टोली हिजोआज हातमा ब्रस र रङका बट्टा बोकेर सहरका भित्ताहरूलाई सजाउन व्यस्त छन् ।

तिनै कलाकारहरूले कोरेका चित्रहरूमा यस क्षेत्रको विशिष्ट पहिचान, परम्परा, स्थानीय वेशभूषा, ऐतिहासिक सम्पदा र सांस्कृतिक विविधता प्रस्ट रूपमा झल्किएको देख्न सकिन्छ ।

‘सहरका मुख्य सार्वजनिक पर्खाल तथा चोकहरूमा हामीले भित्तेचित्र कोरिरहेका छौँ’, कलाकार ताराबहादुर गुरुङले उत्साहका साथ भने, ‘यो केवल पेन्टिङ मात्र होइन, नेपालगन्जको इतिहास र वर्तमानलाई भित्तामा जीवन्त राख्ने प्रयास हो ।’

उपमहानगरपालिकाले सुरु गरेको भित्ते चित्र अभियान सहरको सौन्दर्य, कला र संस्कृतिको जगेर्ना सँगसँगै कलाकारको सम्मान भएको उनले बताए । यो अभियानबाट कलाकारले आफ्नो कला परिश्रम बेचेर आर्थिक आम्दानी गर्न सकेको उनको भनाइ छ ।

यो अभियान केबल सहर सजाउने रहर मात्र नभएर यस क्षेत्रको बृहत्तर विकाससँग जोडिएको योजना हो । खुला र अव्यवस्थित पर्खाललाई व्यवस्थित गर्दै सहरको सौन्दर्य अभिवृद्धि गर्ने र यहाँ आउने आन्तरिक पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने नगरको दीर्घकालीन लक्ष्य रहेको नगर प्रमुख प्रशान्त विष्टले बताए ।

‘भित्तेचित्रमा यस क्षेत्रको कला र संस्कृति, विशिष्ट पहिचान, परम्परा र ऐतिहासिक सम्पदा झल्कने आकृतिहरू कोरिनेछन्’, नगर प्रमुख विष्ट भन्छन्, ‘भित्तेचित्र अभियानले नेपालगन्जलाई अझ आकर्षक, सुन्दर र पर्यटकीय रूपमा जीवन्त बनाउन ठूलो मद्दत पु¥याउनेछ ।’ सहरमा कलाको सुगन्ध फैलिरहँदा मेहनतले बनाइएका पेन्टिङलाई दीर्घकालसम्म जोगाउने चुनौतीसँगै उभिएको छ ।

सुन्दर चित्रमाथि जथाभावी फोहर फाल्ने, शौच गर्ने, गुट्खा थुक्ने र केरमेट गर्ने पुरानो सामाजिक कुसंस्कार र प्रवृत्ति अहिले पनि कायमै छ । कलाकारले दिनरात खटेर बनाएका यी कलाकृतिलाई विकृत हुनबाट जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको उनको भनाइ छ ।

सहरको सुन्दरता त्यहाँको पूर्वाधारले मात्र नभई त्यहाँ बस्ने नागरिकको चेतनाले निर्धारण गर्ने भएकाले नेपालगन्जलाई सुन्दर र सांस्कृतिक पहिचान बोकेको सहरका रूपमा स्थापित गर्न प्रत्येक नगरवासीले भित्तेचित्रलाई आफ्नै सम्पत्ति सम्झिएर अपनत्व ग्रहण गर्नुपर्ने उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।

जबसम्म नागरिकस्तरमा ‘यो मेरो सहर हो र यसलाई सफा राख्नु मेरो कर्तव्य हो’ भन्ने सचेतना आउँदैन, तबसम्म जतिसुकै राम्रा रङ भरे पनि सहरको रूप फेरिन नसक्ने भएकाले स्थानीय तह, कलाकार र आमनागरिकको साझा जिम्मेवारीले मात्रै यी भित्तामा कोरिएका सुन्दर सपनालाई लामो समयसम्म सुरक्षित र जीवन्त राख्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४