Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशका चार प्रदेशमा आज मध्यम वर्षा र हिमपात हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २५ २०८३
  • 912
    SHARES

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

साेमबार बिहान देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लागेको हाे। कोशी र गण्डकी प्रदेशकाकेही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, सोमबार दिउँसो भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली तथा पहाडी र बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । साथै बाँकी तराई भू-भागमा भने मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली तथा पहाडी र बाँकी हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको हाे । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

त्यसैगरी साेमबार राति भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको पहाडी तथा हिमाली केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना समेत रहेकाे महाशाखाले जनाएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४