Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेरि गृहमन्त्री बनेँ भने दुई महिना बधाई दिन नआउनू: सुधन गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २४ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू जिम्मेवार रहेको भन्दै छानबिन प्रक्रियामा पूर्ण सहयोग गरेको बताए ।

‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सहज र स्पष्ट जवाफ दिएको छु,’ गुरुङले भने ।

सम्बोधनका क्रममा उनले छानबिन समितिसँगको एउटा रोचक प्रसंग पनि सुनाए । समितिले सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले ठट्यौली शैलीमा प्रतिप्रश्न गरेको उनको भनाइ थियो ।

‘समितिले मलाई “यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?” भनेर प्रश्न गर्‍यो । मैले पनि “तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त” भनेर प्रतिप्रश्न गरिदिएँ,’ उनले भने ।

गुरुङले छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण सफाइ पाउनेमा विश्वास व्यक्त गरे ।

आफू निर्दोष सावित भए पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउन सक्ने संकेत गर्दै उनले फरक शैलीमा कार्यकर्तालाई आग्रह पनि गरे ।

‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने, ‘म काममा केन्द्रित हुन चाहन्छु ।’

संगठन निर्माणबारे पनि धारणा राख्दै गुरुङले अब बन्ने जिल्ला नेतृत्व राजधानी केन्द्रित हुन नहुने बताए । जिल्ला सभापति जिल्लामै बसेर पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

‘राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन,’ उनले भने ।

कार्यक्रममा गुरुङले आफू गृहमन्त्री हुँदा आम नागरिकबाट पाएको साथ र सहयोगको स्मरण गर्दै निर्वाचनमा विजयी गराउने गोरखावासी मतदाताप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४