Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उदयपुरमा खडेरीको असर : धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २४ २०८३
  • 684
    SHARES

काठमाडौं । जेठको पहिलो सातादेखि लगातार बढेको अत्यधिक गर्मी र लामो समयसम्म वर्षा नहुँदा उदयपुरका किसान चिन्तित बनेका छन्। असार–साउनमा धान रोपाइँ गर्ने तयारीस्वरूप राखिएको धानको ब्याड सुक्न थालेपछि किसानहरूलाई उत्पादन र रोपाइँ दुवै प्रभावित हुने चिन्ता बढेको हो।

जिल्लाको त्रियुगा नगरपालिका तथा चौदण्डीगढी नगरपालिका क्षेत्रका अधिकांश किसानले राखेका धानका ब्याडमा चिरा पर्न थालेका छन्। अत्यधिक गर्मी र सुक्खा खडेरीका कारण माटोमा पर्याप्त चिस्यान नहुँदा धानको बीउ उम्रन कठिन भएको किसानहरूको गुनासो छ।

त्रियुगा नगरपालिका–१ जोगीदहका किसान मोहनदेव चौधरी का अनुसार खडेरीका कारण ब्याडमा राखिएको धानको बीउ उम्रन नसक्ने अवस्था सिर्जना भएको छ। समयमै पानी नपरे धान उत्पादनको आधार नै कमजोर बन्न सक्ने उनको चिन्ता छ।

यस्तै त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान प्रेमप्रसाद दाहाल ले जेठ १ गते नै रोपाइँका लागि धानको ब्याड राखे पनि अहिले ब्याड चिरा परेर सुक्न थालेको बताए। उनका अनुसार पर्याप्त वर्षा नहुँदा बीउ अंकुरणमै समस्या देखिएको छ, जसले असार अन्तिमदेखि साउनसम्म हुने रोपाइँ प्रभावित हुन सक्ने जोखिम बढाएको छ।

त्रियुगा नगरपालिका–३ भुल्केका किसान दयानाथ भट्टराई ले पनि अत्यधिक गर्मी र सुक्खापनका कारण धानको बीउ उत्पादनमा समस्या देखिन थालेको बताए। समयमै पानी नपरे यस वर्ष धान रोपाइँ ढिलो हुने वा उत्पादन घट्ने सम्भावना रहेको उनको भनाइ छ।

भुल्के क्षेत्रमै झण्डै डेढ सयभन्दा बढी धानका ब्याड रहेको बताउँदै किसान कृष्णप्रसाद फुँयाल ले अधिकांश ब्याडमा चिरा पर्न थालेको जानकारी दिए। उनले धानको बीउ उम्रने चरणमै समस्या देखिएकाले किसानहरू थप चिन्तित बनेको बताए।

चौदण्डीगढी नगरपालिका–९ ज्यमिरेका कृषक धनपति पौडेल का अनुसार उदयपुरमा सामान्यतया असारको तेस्रो सातादेखि साउनको तेस्रो सातासम्म धान रोपाइँ गरिन्छ। त्यसका लागि किसानहरूले वैशाखको अन्तिम सातादेखि जेठको पहिलो साताभित्र धानको ब्याड तयार पार्ने गरेका छन्। तर यस वर्षको असामान्य गर्मी र वर्षाको अभावले रोपाइँको तयारीमै असर देखिएको छ।

कृषि क्षेत्रमा निर्भर उदयपुरका किसानहरू अहिले आकाशे पानीको प्रतीक्षामा छन्। समयमै पर्याप्त वर्षा नभए धान उत्पादनमा प्रत्यक्ष असर पर्ने मात्र होइन, खाद्य सुरक्षामा समेत चुनौती थपिन सक्ने कृषकहरूको चिन्ता छ। कृषि विज्ञहरू पनि जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनले खेतीपातीमा नयाँ चुनौती थपिएको बताउँदै सिँचाइ व्यवस्थाको विस्तार र वैकल्पिक उपायमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४