Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता (विज्ञप्तिसहित)


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २४ २०८३
  • 418
    SHARES

काठमाडौं । भारतको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत सम्पन्न भएका ७२ स्वास्थ्य संस्था र १२ साँस्कृतिक सम्पदा गरी ८४ वटा परियोजना ‘भर्चुअल’ रूपमा नेपाललाई हस्तान्तरण गरिएकाे छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार राति नै एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई शनिबार राति भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सोही परियोजना हस्तान्तरण गर्नुभएकाे छ। त्यसैगरी, उनीहरूले शनिबार रातिनै भारत र नेपालको ‘राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस’बीच सीमा–पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड (लिङ्केज) संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।

त्यस्तै, दुवै मन्त्रीको समुपस्थितिमा शनिबारै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौं विश्वविद्यालयबीच ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदानप्रदान गरिएको राजदूतावासले जनाएको छ । परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा यहि जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि गत शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे थियाे ।

भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता भएको थियो । त्यस्तै, परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुभएकाे थियाे।

रराष्ट्रमन्त्री खनालले भ्रमण सम्पन्न गरी यहि जेठ २४ गते आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४