Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २३ २०८३
  • 494
    SHARES

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको नेपाल भारत सीमा विवादसम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ ।

शनिवार श्रम संस्कृति पार्टीले माईतीघरमा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध खबरदारी सभा आयोजना गरि विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्नेक्रममा ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति पछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनमा सहभागी दलबहादुर गुरुङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताए । उनले प्रधानमन्त्रीले नेपालको भूमी अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गरे । उनले प्रधानमन्त्रीले माफी नमागेसम्म धर्ना दिइराख्ने बताए ।

प्रदर्शनमा सहभागीहरूले ‘संसद्मा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन १’, ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘नेपालीको प्रधानमन्त्री हो की विदेशीको दलाल हो रु’, लम्पसार कूटनीति होइन, स्वाभिमानको अडान राख’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४