Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रूसी राष्ट्रपति पुटिनसँग प्रत्यक्ष भेटवार्ताको लागि युक्रेनका राष्ट्रपति जेलेन्स्कीको प्रस्ताव


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २२ २०८३
  • 304
    SHARES

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्ने नयाँ प्रयास स्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ ।

राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई एक खुल्ला पत्र लेख्दै युरोपको युद्धमा अमेरिकी ध्यान पुनः केन्द्रित नभएसम्म पर्खिरहनु गलत हुने उल्लेख गर्नुभएको हाे । उहाँले युक्रेन र रूसबीचको प्रत्यक्ष संवादबाट मात्र शान्ति सम्भव हुने प्रष्ट पार्दै वार्ता अवधिभर पूर्ण युद्धविरामको प्रस्ताव समेत गर्नुभएको छ । पूर्ण युद्धविरामको प्रस्तावलाई राष्ट्रपति पुटिनले यसअघि नै अस्वीकार गरिसक्नुभएकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीचको भेटवार्ता सकारात्मक हुने प्रतिक्रिया दिनुभएको छ भने क्रेमलिनले पत्र प्राप्त भएको र राष्ट्रपति पुटिनलाई यसकाे बारेमा जानकारी गराइने जनाएको हाे ।

राष्ट्रपति जेलेन्स्कीले पत्रमा २६ वर्ष सत्तामा रहेका पुटिनलाई उमेरले समात्दै गएको टिप्पणी समेत गर्नुभएको छ । यद्यपि, क्रेमलिनले राष्ट्रपति जेलेन्स्कीलाई मस्को आएर भेट्न स्वागत रहेको पुरानै जवाफ फर्काएको छ । अमेरिका हाल इरानको मुद्दामा पूर्ण रूपमा केन्द्रित रहेको कुरालाई कीभले सार्वजनिक रूपमा स्वीकार गर्नुलाई यस पटक अर्थपूर्ण रूपमा हेरिएको हाे ।

राष्ट्रपति पुटिनले अर्कातर्फ, सेन्ट पिटर्सबर्गमा पत्रकारहरूसँग कुरा गर्दै आफू सम्झौताका लागि तयार रहेको बताउनुभएकाे छ। तर त्यसका लागि युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोजिया जस्ता क्षेत्रहरू त्याग्नुपर्ने उहाँले अडान लिनुभयाे । युक्रेनले नेटो सदस्यताको प्रयास छाड्नुपर्ने अडान पनि उहाँले दोहोर्‍याउनुभएको छ ।

युक्रेनले भने भू-भाग छोड्दा रूस थप शक्तिशाली बन्ने भन्दै कुनै पनि हालतमा आफ्नो भूमि नत्याग्ने अडान लिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४