Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खनाल रास्वपा सभापति लामिछाने स्वदेश फर्किए लगत्तै भारत जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २१ २०८३
  • 456
    SHARES

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै भारत भ्रमणमा जाने हुनुभएको छ ।

उहाँको भारत भ्रमणको क्रममा नेपाल–भारतबीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने मन्त्रालयले जनाएकाे हाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछानेबीच बुधबार भएको भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको छ । तर मिति भने टुङ्गो लाग्न बाँकी रहेकाे छ ।

रास्वपा सभापति लामिछाने भने शुक्रबार दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेकाे रास्वपाले जनाएकाे हाे । सभापति लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा भन्दा बढी समयसम्म भेटवार्ता गर्नुभएको थियो । उहाँले मंगलबार भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका अन्य नेताहरूसँग भेटवार्ता भएको थियो ।

सभापति लामिछाने फर्किएपछि परराष्ट्रमन्त्री खनाल दिल्ली जाने तयारी भएको हो । परराष्ट्रमन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अरू नेताहरूसँग छलफल गर्नुहुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४