Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा रामेछापको पहिलो जिल्ला अधिवेशन : रमेश रायमाझी नेतृत्वको टिम सर्वसम्मत चयन हुने सम्भावना बलियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २० २०८३
  • 6.8K
    SHARES

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापको पहिलो ऐतिहासिक जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्ला नेतृत्व चयन सहमतिमै टुङ्गिने सम्भावना बलियो बनेको छ । पार्टीभित्र विभिन्न चरणमा भएका छलफल, पालिका तहका प्रतिनिधिहरूको धारणा तथा विगतदेखि संगठन निर्माणमा नेतृत्वले खेलेको भूमिकाका आधारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने वातावरण बनेको बताइएको छ ।

रामेछापमा रास्वपाको संगठन विस्तारको सुरुवाती चरणदेखि सक्रिय रहँदै ‘निलो क्रान्ति’ भित्र्याउने अभियानको नेतृत्व गरेका रमेश रायमाझी पुनः जिल्ला सभापतिमा दोहोरिन सक्ने आँकलन गरिएको छ । रायमाझी नेतृत्वको तदर्थ समितिले छोटो समयमै जिल्लाका दुई नगरपालिका, छ गाउँपालिका तथा ६४ वटै वडामा पार्टी संगठन निर्माण गर्न सफल भएको भन्दै अधिकांश प्रतिनिधिहरू सकारात्मक देखिएका छन् ।

पार्टीभित्रको अनौपचारिक छलफल र कार्यकर्ताहरूबीचको संवादका आधारमा अधिवेशनबाट चयन हुने सम्भावित नेतृत्वको खाका समेत लगभग स्पष्ट बन्दै गएको छ । प्राप्त जानकारीअनुसार मोहन कार्की उपसभापति, दिलबहादुर थापा सचिव तथा टेकबहादुर सुनुवार (जोहोन) सहसचिव तथा संगठन विभाग प्रमुख बन्न सक्ने सम्भावना रहेको बताइन्छ ।

त्यसैगरी खेम रोका, ईश्वरी लामिछाने, अर्जुन श्रेष्ठ, कमल कार्की र लक्ष्मण बस्नेत सदस्यमा रहने गरी नेतृत्व चयन हुन सक्ने चर्चा पार्टी पङ्क्तिभित्र व्यापक रूपमा चलिरहेको छ । यद्यपि नेतृत्वको अन्तिम टुङ्गो भने अधिवेशनबाटै लाग्ने बताइएको छ ।

रास्वपा रामेछापका नेता–कार्यकर्ताहरूका अनुसार वर्तमान नेतृत्वले संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा पार्टीलाई गाउँ–गाउँसम्म पुर्‍याउन उल्लेखनीय भूमिका खेलेको छ । यही कारण अधिकांश नगरपालिका तथा गाउँपालिका सभापतिहरूले पनि नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेको बताइन्छ ।

विशेषगरी संगठन निर्माणको चुनौतीपूर्ण चरणमा नेतृत्वले देखाएको सक्रियता, कार्यकर्ताबीचको समन्वय र पार्टीको आधार विस्तारमा गरेको योगदानका कारण वर्तमान टिमप्रति विश्वास बढेको नेताहरूको भनाइ छ । यसले अधिवेशनमा प्रतिस्पर्धाभन्दा सहमतिको वातावरण बलियो बनाएको आकलन गरिएको छ ।

यदि अन्तिम समयसम्म कुनै नयाँ समीकरण वा उम्मेदवारी नउठेमा रमेश रायमाझी नेतृत्वको टिम सर्वसम्मत रूपमा चयन हुने सम्भावना उच्च रहेको पार्टी वृत्तमा चर्चा छ । यसले रास्वपा रामेछापभित्रको एकता, संगठनात्मक स्थिरता र साझा उद्देश्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

आगामी जेठ २३ गते हुने प्रथम जिल्ला अधिवेशनलाई रास्वपा रामेछापको संगठनात्मक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्ययोजना, संगठन सुदृढीकरण, जनसरोकारका मुद्दामा पार्टीको भूमिका तथा स्थानीय तहसम्म प्रभावकारी उपस्थितिका विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

पार्टीभित्र देखिएको सहमति र एकताको वातावरणले अधिवेशनलाई उत्साहपूर्ण बनाएको छ भने रामेछापमा रास्वपाको आगामी राजनीतिक यात्राका लागि पनि यस अधिवेशनलाई निर्णायक मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४