Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रविसँगकाे भेटपछि माेदीले भने- बालेन सरकारसँग सहकार्य गर्न तयार छाैँ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २० २०८३
  • 1.4K
    SHARES

काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्ता बुधबार दिउँसो नयाँ दिल्लीमा भएको हो ।

“राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भेटेर खुसी लाग्यो । साझा र समृद्ध भविष्यको लागि सँगै मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु,” भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

भारतीय प्रधानमन्त्रीले नेपालको नयाँ सरकारसँग भारत सहकार्य गर्न तयार रहेको बताएका छन् । “हाम्रो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिकतामा रहको साझेदार हो र हामी हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ,” भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।

रास्वपा सभापति रवि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । नयाँ दिल्लीमा उनले मंगलबार भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । मंगलबार उनी सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालय समेत पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४