Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम एशियामा जारी द्वन्द्वकाबीच मे महिनामा पर्यटकको संख्या १९ प्रतिशतले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २० २०८३
  • 893
    SHARES

काठमाडाैं । सन् २०२६ को मे महिनामा १ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले गत मे महिनामा १ लाख २ हजार ६ सय २६ जना पर्यटक नेपाल भित्रिएकाे जनाएकाे हाे । यो सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । बोर्डले गत वर्षको मे महिनामा ८६ हजार २ सय १६ जना पर्यटक नेपाल आएकाे जनाएकाे छ । कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३ सय २९ जना विदेशी नेपाल घुम्न आएका थिए ।

मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबै भन्दा बढी छिमेकी देश भारतका रहेका छन् । यो महिनामा भारतबाट मात्र ४० हजार ७ सय ८२ पर्यटक नेपाल घुम्न आएका छन् । त्यस्तै, दोस्रोमा चीनबाट ११ हजार ५ सय १४, तेस्रोमा अमेरिकाबाट ९ हजार १, चौथोमा बङ्गलादेशबाट ५ हजार २ सय ९८ र पाँचौँमा बेलायतबाट ३ हजार ३ सय ७५ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

त्यस्तै, क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबै भन्दा बढी सार्क देशबाट ४७ दशमलव २ प्रतिशत, अन्य एशियाली देशबाट १९ दशमलव ९ प्रतिशत, युरोपबाट १३ दशमलव १ प्रतिशत, अमेरिका क्षेत्रबाट १० दशमलव ३ प्रतिशत, अस्ट्रेलियारन्युजिल्यान्ड क्षेत्रबाट ३ दशमलव १ प्रतिशत, मध्यपूर्वबाट १ दशमलव ५ पाँच प्रतिशत र अन्य देशबाट ४ दशमलव ५ प्रतिशत विदेशी नेपाल आएका छन् ।

पश्चिम एशियामा जारी द्वन्द्वकैबीच नेपालमा पर्यटक संख्या बढेको बाेर्डले जनाएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४