Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव प्राप्त भएको कार्यदलको दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १९ २०८३
  • 798
    SHARES

काठमाडाैं । संविधान संशोधनको बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार भन्दा बढी सुझाव प्राप्त गरेको छ ।

कार्यदलको सचिवालयले यहि जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो । सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन् । कार्यदलका अनुसार इमेलमार्फत १९ हजार २ सय ३९ र सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत २५ हजार ३ सय ७४ सुझाव प्राप्त भएका छन् ।

कार्यकारी राष्ट्रपति, संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको कार्यदलले जनाएकाे हाे । कार्यदलले अहिले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४