Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्यमन्त्री मेहता र नेपालका लागि चीनका राजदूत चाङबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १९ २०८३
  • 893
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि चिनियाँ राजदूत चाङ माउमिङ्गबीच शिष्टाचार भेटवार्ता भएकाे छ।

सिंहदरवारस्थित मन्त्रालयमा सोमबार राति भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभएकाे हाे। मन्त्री मेहताले चीन सरकारले नेपाललाई पुर्‍याउँदै आएको सहयोग र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजनामा भएको सहयोगको प्रशंसा गर्नुभयाे । चीनले गरेको विकासबाट नेपालले पाठ सिकेर योजनासहित काम गर्ने उहाँकाे भनाइ छ ।

राजदूतले राजदूत चाङले नेपालको आर्थिक एवं सामाजिक विकासमा वर्तमान सरकारले उल्लेख्य सफलता हासिल गर्न सकोस् भनेर कार्यकालको शुभकामना व्यक्त गरेको सह प्रवक्ता डा अधिकारीले जानकारी दिनुभयाे । उहाँले चीन सरकार नेपाल सरकारको प्राथमकिताका क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनुभएकाे छ ।

राजदूत चाङले परम्परागत चिकित्सा प्रणाली, जनस्वास्थ्य, पूर्वाधार तथा खाद्य स्वास्च्छताका विविध क्षेत्रमा क्षमता अभिवृद्धि एवं प्राविधिक सहयोग गर्न सकिने प्रस्ताव राख्नुभयाे। साेही भेटवार्तामा सरकारका उच्च अधिकारीको समेत सहभागिता रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४