Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, सुन प्रतितोला ३ लाख ११ हजार नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १७ २०८३
  • 361
    SHARES

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले उकालो लाग्दै नयाँ कीर्तिमान नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ मा कारोबार भइरहेको छ। शुक्रबार मात्रै सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा छोटो अवधिमै सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

महासंघका अनुसार पछिल्लो मूल्यवृद्धिको प्रमुख कारण सरकारी नीतिगत परिवर्तन र अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव हो। सरकारले सुनमा भन्सार दर दोब्बर गरी २० प्रतिशत पुर्‍याएको छ भने ०.५ प्रतिशत सिप अभिवृद्धि महशुल पनि लागू गरिएको छ। यी कारणले पनि आन्तरिक बजारमा सुनको मूल्य उच्च रूपमा बढेको व्यवसायीहरूको भनाइ छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ३०५ रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च देखिएको छ। महासंघका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५ सय ४० अमेरिकी डलर मा कारोबार भइरहेको छ।

विशेषज्ञहरूका अनुसार विश्व बजारमा आर्थिक अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षण बढ्दा मूल्यमा लगातार वृद्धि देखिएको हो। नेपालमा भने कर तथा भन्सार नीतिको असरले पनि मूल्य थप बढाएको व्यवसायीहरूको विश्लेषण छ।

सुनको मूल्य लगातार उच्च बिन्दुमा पुगेपछि सर्वसाधारण उपभोक्ता प्रभावित बनेका छन्। विवाह–ब्रतबन्धजस्ता सामाजिक कार्यमा सुनको माग घट्ने सम्भावना रहेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४