Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’तर्फ धकेल्ने खतरा देखियाे : सभापति थापा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १६ २०८३
  • 494
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सत्ता समीकरणले मुलुकको लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ (निर्देशित लोकतन्त्र) तर्फ धकेल्ने प्रयास गरेको आशंका व्यक्त गर्नुभएको छ ।

सानेपामा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सत्ता नागरिकको आक्रोशको जगमा बनेको भए पनि सोही आक्रोशलाई गलत दिशामा प्रयोग गर्दै लोकतान्त्रिक व्यवस्थालाई संकुचित बनाउने प्रयास भइरहेको टिप्पणी गर्नुभयो ।

सभापति थापाले गणतन्त्रप्रति नागरिकमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सत्ताले शक्ति केन्द्रित गर्दै व्यवस्था नियन्त्रणतर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार नागरिकको आक्रोशको आधारमा बनेको सत्ता अहिले सोही भावनालाई व्यवस्थालाई कमजोर पार्ने दिशामा उपयोग गरिरहेको देखिन्छ ।

उहाँले भन्नुभयो, “यो संविधानले नेपालमा गणतन्त्र स्थापना गरेको छ । तर व्यवहारमा गणतन्त्र नागरिकको तन्त्र बन्न सकेन, सीमित नेताहरूको तन्त्रजस्तो देखियो । नागरिकले व्यक्त गरेको आक्रोशको आधारमा बनेको सत्ताले अहिले सोही आक्रोशलाई प्रयोग गरेर हाम्रो लोकतन्त्रलाई कतै गाइडेड डेमोक्रेसीतर्फ लैजाने त होइन भन्ने आशंका छ ।”

उहाँले प्रतिपक्षको भूमिकामा नेपाली काँग्रेस सचेत र जिम्मेवार रूपमा उभिनुपर्ने बताउँदै लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

थापाले लोकतन्त्रको मूल आधार विधिको शासन भएको भन्दै कानुनभन्दा माथि कोही पनि हुन नसक्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीदेखि सबै नागरिक कानुनको दायराभित्र रहनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले परिणाम मात्र होइन, त्यसलाई प्राप्त गर्ने प्रक्रिया पनि उत्तिकै स्वच्छ हुनुपर्नेमा जोड दिनुभयो । हालका दिनमा राम्रो परिणामको नाममा प्रक्रिया मिच्ने प्रवृत्ति सामान्यीकरण हुँदै गएको देखिएको भन्दै त्यसले लोकतन्त्रको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिनुभयो ।

सभापति थापाले काँग्रेसले यस्ता प्रवृत्तिहरूप्रति गम्भीर रूपमा सचेत हुनुपर्ने र गणतन्त्रलाई वास्तविक रूपमा नागरिकको शासन बनाउने दिशामा काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४