Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हवाई टिकट भन्दा सस्तो ‘नेपाल भ्रमण’ !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १६ २०८३
  • 836
    SHARES

काठमाडौं । नेपाल सरकार र नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रकृति, संस्कृति र साहसिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा प्रवर्द्धन गरिरहेका बेला नेपालमा भने अत्यन्तै सस्तो ‘शपिङ टुर’ को व्यापार फस्टाउँदै गएको पाइएको छ ।

गुणस्तरीय पर्यटक भित्र्याउने सरकारी लक्ष्य विपरीत केही चिनियाँ ट्राभल कम्पनीहरूले नेपाल भ्रमणलाई शपिङ केन्द्रित व्यवसायमा रूपान्तरण गर्न थालेपछि पर्यटन क्षेत्रभित्रै चिन्ता बढेको छ । पछिल्लो समय चीनका विभिन्न सहरमा नेपालका लागि अत्यन्तै न्यून मूल्यका प्याकेज बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ ।

तीमध्ये केही प्याकेजको मूल्य काठमाडौं आउने–जाने हवाई टिकटको लागतभन्दा समेत कम रहेको देखिएको छ । चिनियाँ ट्राभल साइटहरूमा प्रकाशित विवरणअनुसार कुनमिङबाट नेपालको ६ रात ७ दिनको प्याकेज ६ हजार २८० युआन (करिब १ लाख ४१ हजार रुपैयाँ) मा बिक्री भइरहेको छ भने छेङ्दुबाट ५ हजार ९८० देखि ६ हजार ८५० युआन (करिब १ लाख ३४ हजारदेखि १ लाख ५३ हजार रुपैयाँ) सम्मका प्याकेज उपलब्ध छन् । यी सामान्य पर्यटन प्याकेज मानिन्छन् ।

तर हाल विवाद र चर्चाको केन्द्रमा रहेका ‘शपिङ टुर’ प्याकेज भने यसभन्दा निकै सस्तो मूल्यमा बिक्री भइरहेको पाइएको छ । पर्यटन व्यवसायीहरूका अनुसार यस्तो मूल्य संरचना सामान्य व्यावसायिक हिसाबले सम्भव देखिँदैन । हाल सञ्चालनमा रहेका शपिङ टुर प्याकेजमध्ये एकमा नेपाल आउने–जाने हवाई टिकट, काठमाडौंमा चार रात, चितवन र नगरकोटमा एक–एक रात चारतारे होटलमा बसोबास, स्थानीय यातायात, गाइड सेवा तथा भोजन खर्चसमेत समावेश गरिएको छ ।

यति धेरै सेवा समेटिएको उक्त प्याकेजको मूल्य केवल २ हजार ९९९ चिनियाँ युआन (करिब ६७ हजार रुपैयाँ) मात्रै राखिएको छ । पर्यटन क्षेत्रका जानकारहरूका अनुसार यो मूल्य केवल हवाई टिकटको लागतभन्दा पनि कम हो ।

त्यसैले यस्ता प्याकेजको वास्तविक आम्दानी पर्यटकलाई निश्चित पसल वा व्यापारिक केन्द्रमा लगेर गराइने किनमेलबाट उठाइने गरेको आशंका गरिएको छ । व्यवसायीहरूले यस्ता शपिङ टुरका कारण नेपाली पर्यटन उद्योगले अपेक्षित आर्थिक लाभ नपाउने, स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू प्रतिस्पर्धामा पर्नुपर्ने र श्रमिकको रोजगारीसमेत प्रभावित हुन सक्ने बताएका छन् ।

उनीहरूका अनुसार नेपाल भ्रमणको मुख्य उद्देश्य पर्यटन अनुभवभन्दा किनमेलमा सीमित हुँदा देशले विदेशी मुद्रा आर्जन तथा दीर्घकालीन पर्यटन विकासबाट अपेक्षित लाभ लिन सक्दैन ।

पर्यटन क्षेत्रका सरोकारवालाहरूले यस्ता प्याकेजको संरचना, त्यससँग जोडिएका व्यवसायिक सञ्जाल तथा राजस्व प्रणालीबारे सम्बन्धित निकायले गम्भीर अध्ययन र अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाललाई गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने सरकारी रणनीतिमाथि नै यस्ता शपिङ टुरले प्रश्न उठाएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४