Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १६ २०८३
  • 418
    SHARES

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुर जिल्लाको पुनर्वास क्षेत्रमा आएको आकस्मिक बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ। दोदा नदी र बाहुन खोलामा पानीको बहाव एक्कासि बढेपछि जोखिममा परेका स्थानीय महिलाहरूलाई उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बलका अनुसार पुनर्वास नगरपालिका–९ स्थित सिताबस्ती क्षेत्रमा पर्ने दोदा नदीमा अचानक पानीको सतह बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका पाँच जना महिला फसेका थिए। सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाबाट खटिएको टोलीले उनीहरूको सुरक्षित उद्धार गरेको जनाएको छ।

सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ।

त्यसैगरी पुनर्वास नगरपालिका–९ को हरियालीटोल क्षेत्रमा पर्ने बाहुन खोलामा पानीको बहाव बढेपछि दाउरा तथा घाँस सङ्कलन गर्न गएका १५ जना महिला पनि जोखिममा परेका थिए। उनीहरूलाई समेत सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दिएका छन्।

उद्धार अभियानमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसँगै नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको समेत सक्रिय सहयोग रहेको जनाइएको छ। संयुक्त प्रयासका कारण सबैलाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।

मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण तराईका नदी तथा खोलाहरूमा अचानक पानीको बहाव बढ्ने जोखिम रहेको छ। यसले बाढी तथा डुबानको खतरा बढाउने भएकाले नदी, खोला तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयले आग्रह गरेको छ।

सुरक्षा निकायले मौसमको जानकारी नियमित रूपमा लिन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा आकस्मिक अवस्था आएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। मनसुन अवधिभर विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४