Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोटाङमा रेस्मिका परियार हत्या प्रकरण : थप तीन जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १३ २०८३
  • 760
    SHARES

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियारको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा थप ३ जना पक्राउ परेका छन् ।

गत भदौ ३० गते मृत फेला परेकी परियारको हत्यामा संलग्न उक्त गाउँपालिका–४ बतासेका २८ वर्षीय हेमन परियार, दिपक राई र ५ सप्तेश्वर छितापोरीका २५ वर्षीय दिपक श्रेष्ठ मङ्गलबार पक्राउ परेका हुन् ।

उक्त घटनामा संलग्न आरोपमा १६ वर्षीय एक किशोर गत असोज १ गते पक्राउ परेका थिए ।उक्त घटना घटाउन नसक्ने भन्दै अन्य पनि संलग्न रहेको भन्दै उच्च अदालत ओखलढुङ्गामा चैत ११ गते आफन्तले जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा उच्च अदालत ओखलढुङ्गाका न्यायधिसद्वय राज्यलक्ष्मी बज्राचार्य र युवराज गौतमको बैशाख २८ गतेको इजलासले थप तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले बताएका छन् । पक्राउ परेका तीनै जनालाई म्याद थप्ने तयारी भइरहेको बस्नेतले सुनाएका छन् ।

स्थानीय अजम्बरी साना किसान कृषि सहरकारी संस्थामा कार्यरत परियारलाई कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा मार्से सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । उक्त घटनामा किशोर बाहेक अन्य संलग्न नरहेको भन्दै प्रहरीले जाहेरी लिन नमानेपछि उच्च अदालत ओखलढुङ्गामा आफन्तले जाहेरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४