Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से ९.२४ अंक घट्यो, कारोबार रकम पनि घट्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १२ २०८३
  • 456
    SHARES

काठमाडौं । अघिल्लो दिन २७ अंक बढेको सेयर बजार मंगलबार ९.२४ अंकले घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २७७७ अंकमा झरेको छ ।

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ५ अर्ब ९८ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ८५ करोडको कारोबार भएको हो ।

कुल ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ।

समूहगत रूपमा निर्जीवन बीमा समूह ०.३५ प्रतिशतले बढेको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य तथा व्यापार समूह भने घटेका छन्।

मूल्य बढ्ने कम्पनीमध्ये कालिन्चोक हाइड्रोपावर सबैभन्दा धेरै ९.२३ प्रतिशतले बढेको छ। त्यस्तै कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत कम्पनी, सिर्जनशील लघुवित्त र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य पनि उल्लेख्य बढेको छ।

यता सुपर खुदी हाइड्रोपावर सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ। ग्रिन डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त र एनआईसी एसिया बैंकको सेयर मूल्य पनि घटेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, रिडी पावर, साहस ऊर्जा, ङादी पावर र अपी पावर रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४