Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाका सभापति लामिछाने ३ दिने औपचारिक भ्रमणका लागि जेठ १८ गते भारत जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १२ २०८३
  • 836
    SHARES

काठमाडाैं । भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने औपचारिक भ्रमणका लागि यहि जेठ १८ गते नयाँदिल्ली जानुहुने भएकाे छ।

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनीतिक तनाव बढिरहेकाे समयमा सभापति लामिछानेको भ्रमण हुन लागेको हो । तर दुवै पक्षले औपचारिक घोषणा भने गरेका छैनन् । नेपाल सरकारले लामिछानेको भ्रमणकाे बारेमा औपचारिक रूपमा जानकारी नभएको जनाएको छ ।

चुनावबाट झण्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपाले बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल–भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको हाे । प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ ।

यसबीचमा सभापति लामिछाने नयाँ दिल्ली जान लाग्नुभएको हो । रास्वपा सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मिडियाले पनि चासो देखाएका छन् । भ्रमणको क्रममा लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीसँग भेट गर्ने तयारी छ ।

सभापति लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिस्रीको काठमाडाैं भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले सभापति लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनुभएको छ ।

सिंहदरबारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता पोखरेलले सभापति आफ्नै ढंगले भारत जान लागेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४