Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमती, स्वकीय सचिव र अन्य दुई नेता लिएर दिल्ली जाँदै रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ११ २०८३
  • 912
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।

रास्वपाका अनुसार लामिछाने जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा पार्टीका सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी रहनेछन् । त्यसैगरी लामिछानेकी पत्नी निकिता पौडेल तथा स्वकीय सचिव अविनाश आचार्य पनि भ्रमण टोलीमा रहने जनाइएको छ ।

रास्वपाका अनुसार जेठ १९ गते भाजपा अध्यक्ष नीतिन नवीनले भाजपा मुख्यालयमा लामिछानेलाई स्वागत गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा दुई पक्षबीच औपचारिक संवादसमेत हुने बताइएको छ ।

त्यसैदिन लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । यद्यपि भेटको समय भने सार्वजनिक गरिएको छैन । भारतीय विदेशमन्त्री एस जयशंकरसहित केही मन्त्रीहरूसँगको भेटवार्ताको तालिका भने तय भइसकेको बताइएको छ ।

नेपालमा नयाँ सरकार गठन भएपछि नेपालबाट भारततर्फ हुन लागेको यो उच्चस्तरीय राजनीतिक भ्रमणमध्ये एक मानिएको छ ।

भारतले विभिन्न समयमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई भ्रमणका लागि निमन्त्रणा दिँदै आएको छ । भारतीय विदेश मन्त्रालय र भारतीय जनता पार्टीको समन्वयमा यस्ता भ्रमणहरू हुने गरेका छन् । यसअघि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालले पनि भाजपाको निमन्त्रणामा भारत भ्रमण गरिसकेका छन् ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४