Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले परित्याग गर्दै उमाशंकर अरगरियाको असन्तुष्टि विस्फोट, ‘इमान्दार कार्यकर्ता अपमानित भए’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 532
    SHARES

काठमाडौं । उमाशंकर अरगरियाले नेकपा एमाले परित्याग गरेका छन् । एमालेका नेता तथा प्रतिनिधि सभा सदस्यका पूर्वप्रत्याशी रहेका अरगरियाले आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।

लामो समयदेखि पार्टीभित्र आफू र आफूसँग आएका नेता–कार्यकर्तालाई उचित स्थान तथा जिम्मेवारी नदिइएको भन्दै उनले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । एमालेमा प्रवेश गरेको वर्षौं बितिसक्दा पनि आफू निकट कार्यकर्ताको समायोजन हुन नसकेको, संगठनभित्र निष्पक्षता कायम नभएको तथा इमान्दार कार्यकर्तालाई निरन्तर अपमान गरिएको भन्दै उनले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

अरगरियाले जारी गरेको वक्तव्यमा आफू एमालेमा प्रवेश गर्दा ठूलो आशा र विश्वासका साथ आएको उल्लेख गर्दै व्यवहारमा भने त्यसको विपरीत अवस्था भोग्नुपरेको बताएका छन् । “एमालेमा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन । आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन्,” उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

उनले पार्टीभित्र संगठन शुद्धीकरणको अभाव रहेको आरोप लगाउँदै पार्टीको आधिकारिक उम्मेदवारलाई पटकपटक हराउने व्यक्तिहरूलाई नै नेतृत्व तहबाट संरक्षण र पुरस्कार दिने प्रवृत्ति मौलाएको टिप्पणी गरेका छन् । “लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने, पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु,” अरगरियाले बताएका छन् ।

उनका अनुसार जिल्लास्तरको नेतृत्वबाट आफू पटकपटक अपमानित हुनुपरेको थियो । यस्ता विषयमा पार्टीको केन्द्रीय नेतृत्वलाई बारम्बार जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले अन्ततः पार्टी त्याग्ने निष्कर्षमा पुगेको जनाएका छन् ।

अरगरिया २०७९ भदौ ३० गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । मधेश प्रदेशको राजनीतिमा प्रभावशाली नेतामध्ये एक मानिएका उनी धनुषा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारसमेत बनेका थिए ।

उनको पार्टी परित्यागलाई मधेश राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । विशेषगरी एमालेभित्र मधेशी नेताहरूको भूमिका, सम्मान र व्यवस्थापनको विषय फेरि चर्चामा आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

अरगरियाको राजीनामापछि एमालेले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन । तर उनको निर्णयले मधेश क्षेत्रमा पार्टी संगठनमा थप प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४