Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिम तराईका मानिसलाई अत्याधिक गर्मी र तातो हावाको लहरबाट बच्न प्राधिकरणको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 912
    SHARES

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम तराईमा अझै केही दिन अत्याधिक गर्मी र तातो हावाको लहर चल्नसक्ने भएकाले शतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली तथा कञ्चनपुरलाई उच्च शतर्कता र कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अद्यावधिक रहनुपर्ने सूचीमा राखेको हाे । साेही जिल्लाका अधिकांश ठाउँको तापक्रम ४० डिग्री सेल्सियस र साे भन्दा माथि पुगेको छ ।

अत्याधिक गर्मीका कारण थकाइ, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरूले बताएका हुन् । तातो हावाको लहरबाट बच्न चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ ।

त्यस्तै, बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसोपछि मात्र गर्न पनि प्राधिकरणले अनुराेध गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४