Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीमा कविता प्रतियोगिता, बिवेक दुलाल क्षेत्री प्रथम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 798
    SHARES

ओखलढुंगा । युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औं जन्मजयन्तीको अवसरमा ओखलढुंगामा ‘ओखलढुंगा कविता उत्सव तथा खुला कविता प्रतियोगिता आयोजना गरिएको छ ।

सर्जक चौतारी ओखलढुंगा र सिद्धिचरण संग्रहालय समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा देशभरबाट प्राप्त २०० भन्दा बढी कविताहरूमध्ये उत्कृष्ट १० कविहरू बीच प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा झापा दमकका बिवेक दुलाल क्षेत्री प्रथम हुनु भएको छ । उहाँले ‘उचाइको प्रयोगशालाबाट’ शीर्षकको कविता वाचन गर्दै १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो । त्यसैगरी, ‘ऐनामा हराएका फूलहरू’ शीर्षकको कविताका सर्जक झापाकै निकेश डागी ‘बिक्षिप्त’ द्वितीय र ‘घडी र चक्र’ शीर्षकको कविताका सर्जक काभ्रेपलाञ्चोकका प्रताप चौलागाई तृतीय बन्नुभएको छ ।

उहाँहरुले क्रमश: १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवं सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदार बाबु बस्नेतले युगकविले देखाएको क्रान्तिकारी मार्गको स्मरण गर्दै नगरपालिकाले साहित्यको उत्थानका लागि सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा ‘सिद्धिचरणको काव्य चेतना र आजको युवा आवाज’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षक तथा समालोचक युवराज दाहालले वर्तमान एआई (AI) को युगमा पनि मानवीय संवेदना र सिद्धिचरणको विद्रोही चेत उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । ओखलढुंगामा वि.सं. १९६९ जेठ ९ गते जन्मिनुभएका सिद्धिचरण श्रेष्ठले आफ्नो बाल्यकालको सात वर्ष यही भूमिमा बिताउनुभएको थियो ।

उहाँले आफ्नै जन्मभूमिको मायामा ओखलढुंगा कविता लेखेर यस ठाउँलाई देश-विदेशमा चिनाउन दिनुभएको योगदानको कार्यक्रममा चर्चा गरियो । कविता उत्सवमा कविहरू चन्द्र गुरुङ, हेमन यात्री, सबिता फागोसहित दर्जनौँ कविहरुले आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४