Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 399
    SHARES

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।

आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे)सेवन गरी सवारी साधन चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्तीमा १८३, तीव्र गतिमा १२६, लेनक्रसमा ४१, सडक फुटपाथमा ७५, हर्न निषेधमा १४९, एकतर्फीमा ७७ र अन्यमा ८९१ गरी कुल एक हजार ८४१ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “उपत्यकामा २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ८४१ जना चालकहरूलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा रकम रु चार लाख ७९ हजार ५०१ राजस्व दाखिला भएको छ ।”

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४