Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीलाई नेतृत्व छाेड्न पार्टीभित्रबाटै दबाब बढ्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 703
    SHARES

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाेड्न पार्टीभित्रबाटै दबाब बढेको छ ।

गुण्डुमा शनिबार बसेको एमालेकाे सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेका हुन् । उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाेड्न दबाब दिएका छन् ।

गत शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू चार उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले अध्यक्ष ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने बताएका छन् । हाल उपाध्यक्ष बादल र सचिव महेश बस्नेत मात्र अध्यक्ष ओलीको पक्षमा उभिएका हुन् ।

तर ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाेड्ने अडान लिनुभएको छ । नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाेड्ने जवाफ दिनुभएको हो । यसैबीच उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको जिकिर गर्नुभएकाे छ । शनिबार सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हल्लालाई ‘अतिरञ्जित’को संज्ञा दिनुभयो ।

बैठकमा महासचिव, तीन उपमहासचिव र पाँच सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेका उहाँको भनाइ छ । अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमान्डमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको उहाँले बताउनुभयो ।

अस्ति शुक्रबारदेखि शुरु भएको एमाले सचिवालय बैठक आइतबार पनि बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४