Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डोल्पाको कागकोटमा पहिलो पटक फोरजी सेवा, नेपाल टेलिकमको पहुँच ७५० स्थानीय तहसम्म


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ९ २०८३
  • 380
    SHARES

काठमाडौँ । नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा पहिलो पटक फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा रहेको मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सेवा सञ्चालन गरिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।

यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय तहको संख्या ७५० पुगेको छ । माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट भएको जनाइएको छ ।

हालसम्म डोल्पाका डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा पुग्न बाँकी रहेको छ । नेपाल टेलिकमले निकट भविष्यमा ती क्षेत्रमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।

फोरजी सेवा विस्तार भएसँगै स्थानीय बासिन्दा, पदयात्री तथा पर्यटकलाई सञ्चार सुविधा सहज हुने अपेक्षा गरिएको छ । साथै प्रशासनिक, सुरक्षा, स्वास्थ्य र शैक्षिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल सञ्जालसँग जोड्दा समग्र क्षेत्रीय विकासमा सकारात्मक योगदान पुग्ने नेपाल टेलिकमको भनाइ छ ।

नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४