Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१९ वर्षीया सुत्केरीको हेलिकप्टरबाट उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 532
    SHARES

सिमकोट । नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी ब्यथाले छटपटाकी एक महिलाको उद्धार गरिएको छ ।

हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिका–१, की १९ वर्षीया ललिता नेपालीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको हो ।

सोमबार साँझदेखि सुत्केरी ब्यथा लागेपछि हुम्लाबाट नेपालीलाई उपचारका लागि बाजुरा जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला अस्पताल हुम्लाका अनमी सरिता बोहराले बताए ।

ललिताको गर्भमा दुई शिशु रहेकामा अवस्था जटिल देखिएपछि (एनआइसियु) सेवा आवश्यक भएकाले बाजुरा जिल्ला अस्पतालबाट सुर्खेत पठाइएको बाजुराकी स्वास्थ्यकर्मी शान्ति कैलाले बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’अन्तर्गत ती महिलाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।

मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उपचारका लागि सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ । समयमै उद्धार गरी प्रदेश अस्पताल पुर्‍याइएपछि ती महिलाको ज्यान जोखिममुक्त भएको र अहिले थप उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४