Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ७ २०८३
  • 456
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार प्रश्न उठाइरहेका बेला सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

प्रधानमन्त्री र सभामुखबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ । भेटमा संसद्को पछिल्लो अवस्था र प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।

यता, विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहको खोजी गर्दै सदनमा निरन्तर आवाज उठाइरहेका छन् । उनीहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दै आएका छन् । तर, सभामुखले हालसम्म प्रधानमन्त्रीलाई बैठकमा उपस्थित हुन औपचारिक रुलिङ गरेका छैनन् ।

प्रधानमन्त्रीको अनुपस्थितिमा भने सरकारका तर्फबाट मन्त्रीहरूले संसद्मा जवाफ दिने तथा विधेयक पेश गर्ने काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४