Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिका र इरानबीच फेरि तनाव बढ्दै,अमेरिकाले आफूमाथि आक्रमण गरे नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ७ २०८३
  • 798
    SHARES

एजेन्सी । अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी जनाएका हुन् । इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फसेर नयाँ कारबाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ हुने चेतावनी दिनुभएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनुभएको थियो । राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो । तर, इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई पुनः गम्भीर बनाएको छ ।

इरानी सेनाले आफ्नो वक्तव्यमा कुनै पनि सम्भावित सैन्य कारबाहीको जवाफ पहिले भन्दा अझ व्यापक रूपमा दिन सकिने स्पष्ट संकेत गरेकाे हाे । यद्यपि, इरानले ती ‘नयाँ मोर्चा’ वा ‘नयाँ सैन्य रणनीति’ कस्तो स्वरूपकाे हुने छन् भन्ने विषयमा थप विवरण सार्वजनिक गरेको छैन ।

साेही वक्तव्य सार्वजनिक भएसँगै क्षेत्रीय सुरक्षा अवस्था तथा सम्भावित सैन्य संघर्षलाई लिएर चिन्ता फेरि बढेको समाचारमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४