Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ५ २०८३
  • 608
    SHARES

काठमाडाैं । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ ।

योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ । मंगलवार प्रहरी प्रधान कार्यालय एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रणनीतिक योजनामा नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत प्रहरी सेवाको रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धानलाई सूचनामा आधारित बनाइ प्रहरी सेवाको डिजिटलीकरणलाई तिब्रता दिने योजना समेत छ । प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न ७ रणनीतिक क्षेत्र तय गरिएका छन् । रणनीतिक योजनाले प्रहरी संगठनभित्र नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्य संस्थागत गर्ने, अपराध रोकथाम तथा नियन्त्रण प्रणालीलाई पूर्वानुमानमा आधारित बनाउने, प्रहरी प्रशासन र सेवा प्रवाहको कार्यदक्षता सुधार गर्ने तथा वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्य अघि सारेको छ ।

रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दे प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको नयाँ रणनीतिक योजना केवल कागजी दस्तावेज नभई संगठनलाई समयानुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताउनुभयो । उहाँले रणनीतिक योजनाको सफल कार्यान्वयनका लागि संगठनको जवानदेखि माथिल्लो दर्जासम्मका सबै कर्मचारीको समान जिम्मेवारी रहने बताउनु भयो । उहाँले रणनीतिक योजना प्रहरी संगठनको समग्र कार्यदिशा भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा लाग्न सबै तहका कर्मचारीलाई निर्देशन समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको रणनीतिक योजना सामूहिकताको प्रतिफल हो । यसलाई नागरिक केन्द्रित बनाउन हामी सबै लाग्नुपर्छ । कसैले झुक्किएर नेपाल प्रहरीमा जागिर खाएको भएपनि यसमै योगदान गर्नुपर्ने हुन्छ । हामीले चाहाना र भावनाले खाएको हुनाले यसमा दिलचस्पी छँदैछ । यो हाम्रो मात्र नभई संगठनको समग्र कार्ययोजना भएको हुनाले यसको सफलता सडकमा खटिने जवानदेखि आईजीसम्मको हो । त्यसैले यो संगठनलाई समयानुकुल बनाउन टेवा पुग्नेछ भन्ने विश्वास छ । जवाफदेहिता र उत्तरदायित्व जस्ता शब्द बोकेको यो कार्ययोजना सेवाग्राहीको सन्तुष्टि केन्द्रित नतिजामुखी संगठनको चाहाना छ । यो चाहाना नागरिक तहबाट व्यक्त भएको छ ।’

आईजीपी कार्कीले नागरिक तहबाट व्यक्त अपेक्षाअनुसार प्रहरी सेवाको सुधार गर्दै संगठनको पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४