Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोलीको मेहनतले जित सम्भव भयो: सन्दीप लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ४ २०८३
  • 437
    SHARES

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को शृङ्खलामा स्कटल्याण्डमाथि महत्त्वपूर्ण जितपछि नेपालका बलर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै यो जित सम्पूर्ण टोलीको मेहनतको परिणाम भएको बताएका छन् ।

सन्दीपले नेपाली टोलीले दबाबको अवस्थामा पनि संयमित प्रदर्शन गरेको उल्लेख गरे । खेलाडीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट योगदान दिएको उनको भनाइ छ ।

उनले समर्थकहरूको साथले खेलाडीलाई थप प्रेरणा मिलेको पनि बताए । स्कटल्यान्डविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्त्वपूर्ण अंक जोडेको छ । आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको उनी बताउँछन् ।

नेपालका बलरहरूले स्कटल्यान्डलाई दबाबमा राख्दै नियमित विकेट लिँदा सहज भएको उनले उल्लेख गरे । नेपालको यो जितले लिग–२ मा टोलीको आत्मविश्वास थप बलियो बनाएको सन्दीपले विश्वास व्यक्त गरेका छन् । यसै प्रतियोगितामार्फत सन्दीपले एकदिवसीयमा एक सय ५० विकेटको आँकडा पूरा गरेका छन् ।

अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा यो आँकडा पूरा गरेका थिए । सन्दीपले भने ७३ खेलमै १५० विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४