Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजस्व कार्यालय हेटौंडाद्वारा १० महिनामा ६ अर्ब रूपैयाँ राजस्व संकलन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ४ २०८३
  • 494
    SHARES

काठमाडाैं । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा करिब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार बढी अर्थात् पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व संकलन भएको बताउनुभएकाे हाे । । गत वैशाखसम्ममा अन्त शुल्कतर्फ तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार र आयकरतर्फ एक अर्ब दुई करोड चार लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार, ब्याजकरतर्फ ६ करोड ८३ लाख ७७ हजार र बहालकरतर्फ एक करोड ५९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको हाे । प्रमुख सुवेदीले चालु आर्थिक वर्षमा आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकाे बताउनुभयाे।

करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने लगायतका अभियान सञ्चालन गरी करिब १० करोड भन्दा बढी पुरानो वक्यौता अशुली भएको राजस्व कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४