Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्मचारीको ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको कदम सफल हुन् दिँदैनौँ: सिटौला


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३१ २०८३
  • 608
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले कर्मचारीको ट्रेड युनियन अधिकार खारेज गर्ने सरकारको कदम कुनैपनि हालतमा सफल हुन नदिने चेतावनी दिएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिटौलाले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न खोजेको खण्डमा त्यसविरुद्ध प्रतिपक्ष एकजुट भएर उभिने चेतावनी दिए ।

उनले ट्रेड युनियनको अधिकार संविधानप्रदत्त भएकाले कुनैपनि हालतमा त्यसलाई समाप्त गर्ने प्रयास स्वीकार्य नहुने बताए । उनले ट्रेड युनियन आन्दोलन र श्रमिक आन्दोलनले लोकतान्त्रिक अधिकार स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै श्रमिकहरूले आफ्नो आवाज उठाउने अधिकार कसैले खोस्न नसक्ने बताए ।

सिटौलाले सरकारले संविधानअनुसार काम गरोस् भन्ने प्रतिपक्षको चाहना रहेपनि गलत कदमविरुद्ध भने कडा प्रतिरोध हुने स्पष्ट पारे ।

उनले भने ‘ट्रेड युनियनको अधिकार नेपालको संविधानले दिएको छ । यसलाई खारेज गर्ने कुरा कुनैपनि हालतमा स्वीकार गर्न सकिँदैन । सरकारले अध्यादेशमार्फत ट्रेड युनियन खारेज गर्न ल्याएको अध्यादेशको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश समेत दिइसकेको अवस्था छ । नेपालको राजनीति आन्दोलन र श्रमिक आन्दोलनको अत्यन्त महत्त्वपूर्ण भूमिका रहेको छ । उनीहरूले आफ्नो आवाज उठाउन सक्छन् । हामी ती युनियनको खारेज गर्ने सरकारको कार्यलाई कुनैपनि आधारमा सफल हुन दिँदैनौँ । यहाँ हामी सबै प्रतिपक्षी दलका नेताहरू मात्र छौँ । तर सरकारले संविधानबमोजिम काम गर्न सकोस् भन्ने विचार रहन्छ । तर सरकारका गलत कुराहरू रोक्न पनि चाहन्छौँ ।’

उनले ट्रेड युनियन खारेज गर्ने सरकारी प्रयास कुनैपनि आधारमा सफल हुन नदिने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४