Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनलक्षित प्रकाशमानको टिप्पणी– ‘नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न पाइन्नँ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ३० २०८३
  • 627
    SHARES

काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गर्नुभएको छ ।

वागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गर्नुभएको हो । नेता सिंहले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरुको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाउनुभयो । उहाँले मुलुकमा लोकतन्त्र स्थापना र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरुले खेलेको भूमिका नभुल्न समेत नेता थापालाई आग्रह गर्नुभयो । उहाँले पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो । यो पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुन मुद्दा नराख्ने भन्ने विषयमा समेत डिबेट हुन्छ । तर यहाँ त कस्तो भइरहेको छ भनेदेखि कसैलाईं नेतृत्व लिनको लागि हतार भयो भन्दैमा यस्तो हुँदैन ।

हामीले के बुझ्नुपर्यो भन्दाखेरी नेपाली काँगेस पार्टीले एतिहासिक आवश्यकता अनुसार जनतालाई अधिकार दिलाउनको लागि नेपाली काँग्रेस पार्टी सबैभन्दा अग्र भूमिकामा बसेको र पार्टीका नेताहरुले जनताको अधिकार सुरक्षित गर्नको लागि पार्टी र यसका नेताहरुले खेलेको भूमिका महत्वपूर्ण छ । तर अहिले पार्टीभित्र जुन प्रकारको विधि र प्रक्रिया अपनाउनुपर्ने हो, नेपाली काँग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा त्यसको विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य हामीले टुलुटुलु हेरेर बस्नुपर्ने ? अदालतले गर्यो होला, निर्वाचन आयोगले गर्यो होला । तर पार्टी र पार्टीमार्फत मुलुकको हितका लागि पार्टीका अग्रज नेताहरुले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन । पार्टी सदस्यहरुको फर्जी हस्ताक्षरबाट पार्टीलाई कब्जा गर्न खोजिन्छ भने यहाँ कुन पार्टी राम्रोसँग सञ्चालन हुनसक्छ ।’

नेता सिंहले पार्टीका सबै तह र पक्षका नेताहरुलाई एकतावद्ध गराएर मात्र पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४