Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ३० २०८३
  • 494
    SHARES

काठमाडौँ । कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित भएका परिवारलाई हाल नयाँ बसपार्कको टर्मिनल भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा राखिएको छ ।

त्यहाँ बसोबास गरिरहेका परिवारलाई रातिको समयमा लामखुट्टेको टोकाइबाट जोगाउन नगरपालिकाले झुल वितरण गरेको हो । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला तथा ज्येष्ठ नागरिक लामखुट्टेको समस्याबाट बढी प्रभावित भएकाले तत्काल राहतस्वरूप झुल वितरण गरिएको बताए ।

उनका अनुसार मङ्गलबार मात्रै ६९ परिवारलाई झुल वितरण गरिएको छ । नगरपालिकाले वडा नम्बर २ देखि १४ सम्म विभिन्न स्थानमा १६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । ती केन्द्रहरूमा अस्थायी आवास, खानेपानी तथा शौचालयको व्यवस्थासमेत गरिएको नगरपालिकाको भनाइ छ ।

कोहलपुर नगरपालिकाले विस्थापित परिवारको व्यवस्थापनसँगै वास्तविक भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलनको काम अघि बढाएको जनाएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गरिने बताए ।

उनले भने, “वास्तविक भूमिहीन र सुकुमवासी नागरिकलाई व्यवस्थित रूपमा बसोबासको वातावरण मिलाइने छ । सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने नीतिअनुसार नगरपालिका अघि बढिरहेको छ ।”

नगरपालिकाका अनुसार क्रिकेट मैदान आसपासको क्षेत्र खाली गराइएपछि अधिकांश परिवार हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् भने केही परिवार आफन्त तथा भाडाका घरमा सरेका छन् । उक्त क्षेत्रमा रहेका १४८ घरटहरा शनिबार र आइतबार नगरपालिकाले डोजर प्रयोग गरी हटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४