Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरान युद्धले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदियो : भ्लादिमिर पुटिन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २७ २०८३
  • 494
    SHARES

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन् ।

पुटिनले यस्तो नभएमा सबै पक्षलाई नोक्सान हुने पनि चेतावनी दिएका छन् ।

बीबीसीका अनुसार, भ्लादिमिर पुटिनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो निकै जटिल सङ्घर्ष हो र यसले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदिएको छ, किनभने इरान र फारसको खाडीका देशहरूसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ।’

इरान र अमेरिकाबीच चलिरहेको वार्ताको उल्लेख गर्दै उनले भने, ‘मेरो विचारमा कुनै पनि पक्षलाई यो सङ्घर्ष लम्ब्याउन रुचि छैन।’

हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।

रुसले यसअघि पनि सबै पक्षसँग शान्ति स्थापना गर्न अपिल गर्दै आएको छ। रुसले आफू इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको कुरा पनि बताइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४