Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ: राष्ट्रपति पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख २६ २०८३
  • 722
    SHARES

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा हुनुपर्ने बताएका छन् ।

कानुन दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड दिएका हुन् ।

राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा उक्त ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यवहारिक रूपमै अगाडि बढाएको उल्लेख गरे ।

वर्तमान नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य–मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उनले कानुन दिवसको मर्मलाई आत्मसात् गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताए ।

राष्ट्रपति पौडेलले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्न र नागरिकलाई छिटो छरितो न्याय प्रदान गर्न आवश्यक सुधारको खाँचो रहेको औँल्याए । उनले संविधानको मर्मअनुसार नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले भने ‘वर्तमान नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको छ । कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ । विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तल/माथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सनु हुन्न । त्यसैले सुशासन, अमनचैन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार तथा उपचार दुवै हुन् भनेर सम्झने र बुझ्ने पुनीत दिनलाई नै कानुन दिवसका रूपमा मनाइन्छ । कानुन दिवसको यही मर्मलाई आत्मसात् गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ । नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्यमान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि यो कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

आधुनिक पद्धति र प्रविधिको प्रयोगमार्फत आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्ने भन्दै उनले मुद्दाको शीघ्र व्यवस्थापन र न्यायिक मूल्य–मान्यताको संरक्षणका लागि सम्बन्धित सबैमा सकारात्मक सोच र प्रेरणा जाग्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४