Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले सुकुम्बासी बस्तीमा बर्बरतापूर्वक हमला गर्‍यो, अब काँग्रेसले प्रतिवाद गर्छः गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २५ २०८३
  • 513
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्वक हमला गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शुक्रवार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको अवस्थाः डोजर आतंक र सुकुम्वासी पीडा’ विषयक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन् ।

सभापति थापाले पार्टीका संघीय तथा प्रदेश तथा स्थानीय सरकारमा रहेकाहरुलाई सरकारको सो बर्बरताको विरुद्ध प्रतिवाद गर्न सचेत गराए । ‘अहिले सत्तामा बसिरहनुभएका साथीहरुको जुन क्रुरता छ नि । जुन बर्बरता छ । यो क्रुरता र बर्बरता पछाडि पनि कम्फटेवल फिल गर्ने कुरा मैले चाँही विगतमा देखेको छैन । यो खालको क्रुरता, बर्बरता मैले अहिलेसम्म देखेको छैन । स्टेट चलाउँदाखेरी मैले जति क्रुर भएपनि हुन्छ, बर्वर भएपनि हुन्छ भन्ने कुरा चाँही राज्य चलाउँदै गर्दा मसँग करुणा हुनुपर्छ’ उनले भने ।

उनले सरकारले सुकु्म्बासी बस्तीमा बर्बरता देखाएर पनि कम्फरटेबल फिल गरिरहेको भन्दै यस्तो शासक आफूले यसअघि नदेखेको दाबी समेत गरे । सभापति थापाले सरकारले बल प्रयोग गर्दा नागरिकलाई पीडालाई समेत बेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । ‘कानून प्रयोग गर्दाखेरी बल पनि प्रयोग गर्नु पर्छ । तर मैले बल प्रयोग गर्दा मेरो यो अन्तिम हतियार हो । मैले बल प्रयोग गर्दा पनि नागरिकको सबै कुरा हेर्नुपर्छ । यस सन्दर्भमा राज्य सञ्चालन गर्नेहरुको सोचले पनि निर्धारण गर्छ । यो यसको पनि उपज हो । यस विषयमा मेरो केही कुरा छ । एउटा कुरा अहिले नेपाली काँग्रेस संघमा प्रतिपक्षमा छौ । यसलाई चिर्ने काम हाम्रो हो । यसमा तपाईहरुले तथ्य, प्रमाण राखेर पार्लियामेन्टमा बोल्नु पर्छ । म तपाईसँग यो कुराको अपेक्षा गर्दछु’ उनले भने ।

सभापति थापाले सुकुम्बासीको पक्षमा काम गर्नुपर्नेतर्फ केन्द्रित हुन काँग्रेसले नेतृत्व गरिरहेका प्रदेश र स्थानीय सरकारलाई पनि सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४