Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीपहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालन, केही अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २५ २०८३
  • 532
    SHARES

काठमाडौँ । केही दिनदेखिको वर्षाका करण आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आजदेखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन् ।

यही वैशाख २१ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालीका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने, ४०० बेँसीस्थित बिपी राजमार्ग तथा सल्यानको कुमाख गाउँपालिका–२ खरखरखोला र कोइरालाखोलास्थित सल्ली चौरजहारी सडकखण्ड आजदेखि सञ्चालनमा आएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनकाअनुसार वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएको भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, २३ गतेको पहिरोका कारण अवरुद्ध बनेको मकालु गाउँपालिका–३ नयाँ बस्तीस्थित कोशी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

यही वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भई अझै सञ्चालनमा आउन नसकेको प्रवक्रा काफ्लेले बताए । उनले भने “वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध भएका केही मुख्य राजमार्ग सञ्चालनमा आएका छन् भने केही राजमार्ग एकतर्फी सञ्चालन भएका छन् । काभ्रेपलाञ्चोक खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी बिपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।”

वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४