Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २३ २०८३
  • 551
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । महासङ्घको विधानअनुसार अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष पदमा पुगेका हुन् ।
महासङ्घको ६० औँ वार्षिक साधारणसभापछि सुरु भएको निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको हो । उक्त निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएका छन् ।
नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा लगानीमैत्री तथा व्यवसायमैत्री वातावरण निर्माणमा विशेष जोड दिने अपेक्षा गरिएको छ । पछिल्लो समय आर्थिक मन्दी, घट्दो लगानी, तथा उद्योग व्यवसायमा देखिएका चुनौतीबीच महासङ्घको नयाँ नेतृत्वप्रति निजी क्षेत्रले उच्च अपेक्षा राखेको छ ।
यसैबीच, महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था यस कार्यकालसँगै अन्त्य हुने भएको छ । आगामी महाधिवेशनदेखि भने अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने जनाइएको छ, जसले नेतृत्व चयन प्रक्रियालाई अझ प्रतिस्पर्धात्मक र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।
नयाँ नेतृत्वले सरकारसँगको सहकार्य, नीतिगत सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा कस्तो भूमिका खेल्छ भन्ने विषयमा व्यवसायी समुदायको चासो केन्द्रित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४