Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संवैधानिक परिषद बैठक बोलाइयो, रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढ्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २३ २०८३
  • 627
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् । संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्न बैठक आह्वान गरिएको हो ।

स्रोतका अनुसार बैठक बिहीबार साँझ ५ बजेका लागि तय गरिएको छ ।

सरकारको दोस्रोपटकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि रिक्त पदहरूमा नियुक्तिको प्रक्रिया अघि बढ्ने बाटो खुलेको हो ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्तलगायत महत्वपूर्ण संवैधानिक पदहरू खाली छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद रिक्त रहेको छ भने एक सदस्यबाहेक अन्य पदहरू खाली छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्यको पद खाली छ ।

त्यस्तै, समावेशी आयोगमा अध्यक्ष र एक सदस्य, महिला आयोगमा एक सदस्य, तथा मुस्लिम आयोग र थारू आयोगमा पनि विभिन्न पदाधिकारीका पदहरू रिक्त रहेका छन् ।

कानुनी व्यवस्थाअनुसार संवैधानिक पदहरूमा नियुक्तिका लागि सरकारले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४