Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई पठाएका थिए स्पष्टीकरण, अनि जारी भयो अध्यादेश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २२ २०८३
  • 532
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

यसअघि मन्त्रिपरिषद्ले सिफारिस गरेको सोही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन् ।

अध्यादेश जारी गर्नु अघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपतिले उठाएका चासोबारे कानुनी र प्रक्रियागत आधारसहित दुई पृष्ठ लामो स्पष्टीकरण पत्र पठाएका थिए । सोही स्पष्टीकरण र संविधानको मर्मअनुसार अध्यादेश जारी गरिएको जनाइएको छ ।

प्रधानमन्त्री शाहले पठाएको पत्रमा अध्यादेशको औचित्य, निर्णय प्रक्रिया तथा संशोधनबारे स्पष्ट पारिएको छ । अध्यादेश जारी नभए संवैधानिक परिषद्सम्बन्धी कानुनी शून्यता सिर्जना हुने खतरा रहेको उनको तर्क छ ।

विगतमा २०६३ सालमा अध्यादेश निष्क्रिय हुँदा पुरानो कानुन स्वतः लागू नभएको उदाहरण दिँदै उनले अहिले पनि त्यस्तै अवस्था आउन सक्ने उल्लेख गरेका छन् । साथै, सर्वोच्च अदालतले दिएको अघिल्लो आदेशसमेत यस सन्दर्भमा लागू नहुने दाबी गरिएको छ ।

अध्यादेशमा परिषद्को बैठक बस्न अध्यक्षसहित कम्तीमा चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । छ सदस्यीय परिषद्मा चार जनाको उपस्थिति नै बहुमत हुने भएकाले बहुमतीय प्रणाली कायम रहने सरकारको तर्क छ ।

त्यस्तै, बैठकमा उपस्थित सदस्यहरूमध्ये अध्यक्षसहित कम्तीमा तीन जनाको निर्णयलाई परिषद्को निर्णय मानिने व्यवस्था गरिएको छ, जसले निर्णय प्रक्रिया अवरुद्ध हुन नदिने उद्देश्य राखेको जनाइएको छ ।

पूर्ण बैठकमा सबै सदस्य उपस्थित हुँदा मत बराबरी (३–३) हुन सक्ने अवस्थालाई पनि अध्यादेशले सम्बोधन गरेको छ । यस्तो अवस्थामा अध्यक्षले समर्थन गरेको पक्षलाई बहुमत मानिने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री शाहले परिषद्मा अध्यक्ष नै अल्पमतमा पर्ने अवस्था परिकल्पना गर्न नसकिने उल्लेख गर्दै व्यावहारिकता र बहुमत सिद्धान्तलाई सन्तुलनमा राखेर व्यवस्था गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४