Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा वृद्धको शंकास्पद मृत्युः छोरा पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २१ २०८३
  • 874
    SHARES

काठमाडौं । कास्कीको रूपा गाउँपालिका–४, बागेडाँडामा ६२ वर्षीय रामबहादुर घर्तीको शंकास्पद मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।

प्रहरीले मृतकका ३४ वर्षीय कान्छो छोरा भीमबहादुर भुजेललाई नियन्त्रणमा लिएको हो । गत वैशाख १७ गते साँझ करिव ६ः४५ बजे घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय शिशुवा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतकाअनुसार घटनास्थलको सुक्ष्म अनुसन्धान गर्दा मृतकको कोठाको ढोका खुला रहेको र घाँटीमा गलबन्दीको फन्का बेरिएको पाइएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले वैशाख १८ गते पोखरा महानगरपालिका–११, हस्पिटल चोकबाट मृतकका छोरा भस्मबहादुर भुजेललाई पक्राउ गरेको बस्नेतले बताए ।

पक्राउ परेका भुजेलले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा हत्याको अनौठो कारण खुलाएका छन् । उनले ‘सपनामा कि बाबुले छोरालाई मार्नुपर्ने, कि छोराले बाबुलाई मार्नुपर्ने’ देखेकाले आफूले बाबुको हत्या गरेको बताएका छन् ।

सूचना अधिकारी बस्नेतकाअनुसार अभियुक्तको मानसिक स्वास्थ्य अवस्थाबारे पनि परीक्षण भइरहेको छ । भुजेलविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसुर (दफा १७७) अन्तर्गत कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४