Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डेढ महिनामै पदमुक्त भए आदर्शकुमार श्रेष्ठ, दोहोरो नियुक्ति विवादमा अध्यादेशको प्रहार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २० २०८३
  • 513
    SHARES

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका आदर्शकुमार श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदबाट पदमुक्त हुने भएका छन् ।

सरकारले शनिबार जारी गरेको अध्यादेशमार्फत राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्षसहित पदाधिकारीहरूलाई हटाउने व्यवस्था गरेपछि श्रेष्ठको पद स्वतः खारेज भएको हो । उनी नियुक्त भएको करिब डेढ महिनामै पदमुक्त भएका हुन् ।

२१ फागुनमा प्रतिनिधिसभा निर्वाचनपछि पदबाट बाहिरिने क्रममा कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव रहेका श्रेष्ठलाई कोषको अध्यक्षमा मनोनयन गरेकी थिइन् । कोषको अध्यक्ष पद पाँच वर्षे कार्यकालको हुने कानुनी व्यवस्था रहे पनि अध्यादेशमार्फत उक्त व्यवस्था खारेज गरिएको छ ।

कानुन अनुसार प्रधानमन्त्री कोषका संरक्षक हुने र अध्यक्ष मनोनयन गर्ने व्यवस्था छ । अध्यक्षले मन्त्रीसरह सुविधा पाउने प्रावधान रहेको थियो ।

श्रेष्ठको नियुक्तिसँगै उनीमाथि दोहोरो सुविधा लिएको आरोप पनि लागेको थियो । उनी अध्यक्ष नियुक्त भएपछि केही दिनमै समाजकल्याण परिषद् मा कानुनी सल्लाहकारका रूपमा समेत नियुक्त भएका थिए ।

परिषद्मा सहायक निर्देशक सरहको तलब पाउनेगरी नियुक्त भएका श्रेष्ठले मुद्दामामिलामा भने सक्रिय भूमिका नखेलेको स्रोतको दाबी छ । एउटै व्यक्तिले दुई निकायबाट सुविधा लिएको विषय सार्वजनिक भएपछि आलोचना चुलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४