Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेलद्वारा भूकम्प स्मृति दिवसमा सन्देश- सुरक्षित निर्माण र सचेतनामा जोड


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १२ २०८३
  • 1.2K
    SHARES

काठमाडौँ । दसौँ भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ज्यान गुमाएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्प तथा त्यसपछिका पराकम्पमा ठूलो जनधनको क्षति भएको स्मरण गर्दै उनले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

राष्ट्रपतिले भूकम्पजस्तो प्राकृतिक विपद् रोक्न नसकिने भए पनि यसबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सकिने बताएका छन् । पछिल्लो समय बढ्दो सहरीकरणसँगै भूकम्पीय जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै सुरक्षित निर्माण मापदण्ड अपनाउन र सतर्कता बढाउन उनले आह्वान गरेका छन् ।

नेपालको भौगोलिक अवस्थिति र भौतिक संरचनाको प्रकृतिका कारण भूकम्पीय जोखिम उच्च रहेको उल्लेख गर्दै उनले जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य तथा सुरक्षात्मक अभ्यासबारे जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् । यसका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

सन्देशमा नवनिर्मित तथा पुनर्निर्मित संरचनामा भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने सबैप्रति राष्ट्रपतिले धन्यवाद व्यक्त गरेका छन् ।

अन्त्यमा, भूकम्प स्मृति दिवसले विपद् जोखिम न्यूनीकरणमा सबैलाई साझा जिम्मेवारी निर्वाह गर्न प्रेरणा मिलोस् भन्ने कामना राष्ट्रपतिले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४