काठमाडौं । सिन्धुली जिल्ला मा अन्तरजातीय विवाह गरेका एक दलित युवकको मृत्यु भएको घटनाले देशभर चासो र चिन्ता बढाएको छ।
प्रहरी हिरासतमा कुटपिटका कारण मृत्यु भएको आरोप लागेपछि घटना थप संवेदनशील बनेको छ। यससँगै पीडित पक्षलाई दबाब र धम्की दिइएको भन्ने विषय पनि बाहिर आएको छ, जसले मानवअधिकार र न्याय प्रणालीप्रति प्रश्न उठाएको छ।
स्थानीयवासी तथा अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्। “कानुन सबैका लागि बराबर हुनुपर्छ, जातीय विभेद सह्य छैन,” भन्ने आवाज बलियो बन्दै गएको छ।
सरकार तथा सम्बन्धित निकायलाई सत्य तथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरिएको छ।
यस घटनाले समाजमा अझै पनि विद्यमान जातीय विभेद र अन्यायका समस्यालाई उजागर गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
पीडितलाई न्याय नपाएसम्म आवाज उठिरहने स्थानीयको भनाइ छ।