काठमाडौँ । कलाकार सागर लम्साल रिहा भएका छन् ।
गत चैत २१ गते शनिवार प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा लम्साललाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकारीका अनुसार उनी आज रिहा भएका हुन् ।
उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् ।